सोसल मिडिया प्रतिक्रिया ‘उरी २ को स्टोरी पाए मेकर्सले’

फिल्म । यसवर्ष रिलिज भएको फिल्ममा ‘उरी : द सर्जिकल स्ट्राइक’ ब्लकबष्टर बन्न सफल भयो । पाकिस्तानी आतंकवादीले उरीमा भारतीय सैनिकलाई हमला गरेर छाती पुर्याएपछी भारतले सर्जिकल स्ट्राइक गरेको थियो । सन् २०१६ को सेप्टेम्बरमा भारतले एलओसि कारगिलको छेउमा रहेको पाकिस्तानी भूमिमा प्रवेश गर्दै आफ्नो सेनालाई मार्ने आतंकवादी माथि हमला गरेको थियो । गोप्य रुपमा झन्डै १० दिनमा गरिएको मिसनको कथालाइ दर्शकले रुचाएका छन् ।

फिल्मले भारतमा राम्रो ब्यापार गर्यो , जसमा विक्की कौशल लिड रोलमा थिए । यसै फिल्मको सिक्वेल बन्ने भएको छ । निर्माताले सिक्वेल कथा सोचिरहेका थिए तर पछिल्लो समय गत फेब्रुअरी १४ बाट देखिएको घटनाक्रमले एउटा फ्रेस स्टोरी मेकरलाई दिईसकेको छ । गत फेब्रुअरी १४ मा जम्मु कश्मिरको पुलावामा पाकिस्तानको तर्फबाट भएको आक्रमणमा झन्डै ४० भारतीय जवान शहिद भएका थिए । त्यसको १२ दिन नबित्दै भारतीय वायु सेनाले बदला लिएको छ ।

२६ फेब्रुअरी बिहान ३ बजेर ३० मिनेटको समयमा पाकिस्तानको बालाकोटमा प्रवेश गर्दै भारतीय वायु सेनाले आतंकवादीको एरियामा बिष्फोट गर्दै ३० बढी आतंकवादी मारेको भारतीय सञ्चार मध्यमले जनाएका छन् । यसकारण पनि उरीको नयाँ सिरिजको लागि यो भन्दा बेस्ट स्टोरी प्राप्त नहुने प्रतिक्रिया सोसल मिडिया मार्फत मेकर्सलाई आइरहेको छ । उरीमा विक्कीसँगै मोहित रैना , परेश रावल , यमी गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा विक्कीले मेजर विहान सिंह शेरगिलको भूमिका निर्वाह गरेका छन् , जसले सर्जिकल स्ट्राइकको नेतृत्व गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्