प्रेम दिवसमा पोस्टर

फिल्म । प्रेम दिवसको अवसर पारेर फिल्म ‘प्रेम दिवस’ को पोस्टर सर्व्ज्जनिक गरिएको छ । एकअर्कालाई माया अभिव्यक्त गर्ने दिनको रुपमा लिइदै आएको यस दिनमा फिल्मको नाम अनुसार र कथाअनुसार सुहाउने भएकाले पोस्टर ल्याइएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक दुइ पोस्टरमा अभिनेत्री प्रियंका कार्की , आयुष्मान डिएस जोशी र डेब्यु ब्वाई विशाल खरेल देखिएका छन् । सर्वाजनिक दुइ पोस्टरमा प्रियंका आयुष्मन र विशालसंग देखिएकी छिन । पोस्टरले फिल्ममा उनको जोडी को ? भन्ने कौतुहलता थपेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्मलाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्म एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् ।

कमेन्ट गर्नुहोस्