फिल्म । कभर गीतहरु मार्फत गायनमा प्रवेश गरेका सोनाम तोप्देन अभिनयमा डेब्यु गर्दैछन् । उनले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले गायन भन्दा फरक अभिनय गरेका छन् । त्यसो आफ्नै गीतको भिडियोमा उनी सामान्य रुपमा देखिरहेका थिए । यद्दपि अभिनय गर्ने सन्दर्भ उनले सोचेका समेत थिएनन् । ‘म गायनमा आफ्नो करिअरलाई गति दिईरहेको थिएँ । त्यहिँ समयमा फिल्मको अफर आयो’ उनले भने ।
फिल्मको अफर आउँदा उनलाई केमियो होला भन्ने लागेको थियो । गायनमा लोकप्रियताको उकालो यात्रामा रहेका सोनामले लिड रोलको अपेक्षा नै गरेका थिएनन् । ‘मलाइ त्यहिँ केमियो हुन्छ भन्ने लागेको थियो । भेटेर कुरा गरेपछि थाहा पाए कि मैले लिड गर्नु पर्नेछ । पहिला त मैले सक्छु र ? भन्ने पनि नलागेको होइन’ सोनामले भने । त्यसो त उनले गायन कसरी सिके भन्ने नै बुझेका छैनन् । बाल्यकाल देखि नै गुनगुनाउने सोनामले सामाजिक सञ्जालमा आफ्नो गायनको भिडियो हाल्न थालेपछि चर्चा पाए ।
सबैले गायन राम्रो छ भनेपछि उनी गायनमा अगाडी बढे । ‘मैले स-सानो भिडियो सोसल मिडियामा हाल्थे । त्यसपछि कभर गाउँन् थाले अनि गीत । मैले अभ्यास त गरें तर गायन प्रतिको प्रेरणा बाल्यकाल देखि नै थियो’ उनले भने । त्यसैले अभिनय गर्ने प्रस्ताव आउँदा उनलाई सहज भएन । तर , केहि नयाँ गरौँ भन्ने सोच र निर्देशक सुदर्शन थापा सहितको टिमको आत्मविश्वासले उनलाई अभिनय गर्न प्रेरित गर्यो ।
लभ स्टोरी फिल्म रुचाउने सोनामले सुदर्शनको फिल्म प्रेम गीत र राम कहानी हेरेका थिए । उनी आफैँ पनि लभ स्टोरीलाई पर्दामा हेर्ने राम्रो दर्शक भएकाले फिल्ममा काम गर्न सहमत भए । उनले फिल्ममा रोमनको भूमिका निर्वाह गरेका छन् । रोमन मोडर्न युवा हो । फिल्ममा उनले प्रेमीको भूमिका निर्वाह गरेका छन् । फिल्ममै आफ्नो करिअरलाई सोचेका सोनामले ‘सम्हालिन्छ कहिले मन’ पश्चात अभिनय सिके ।
उनले नाट्यकर्मी अनुप बरालसँग अभिनयको कक्षा समेत लिए । यसले उनलाई सहजै घुलमिल हुन् मदत गर्यो । पहिला उनी घुलमिल हुन् सक्थेनन् । ‘म खासै घुलमिल हुन् सक्दिन थे । म धेरै बोल्न पनि सक्दिन थिएँ । यद्दपी अभिनयको कक्षाले मलाइ मदत गर्यो’ उनले भने । त्यसो त सोनामलाई सुरुवाती समयमा सुदर्शनसँगै फिल्म युनिटसँग असहजता महसुश भइरहेको थियो । यद्दपि उनले घुलमिल हुँदै गएपछि अभिनयमा रमाउन सिके ।
रोमनलाई बाँचेपछि नै उनी अभिनय पनि सिक्न तयार भए । किनकी उनले अभिनयमा ‘इन्जोय’ गर्न थाले । ‘म यसमै करिअर बनाउछु भनेर अभिनय सिक्न गएको हुँ । किनकी आफ्नो क्यारेक्टरलाई पर्दामा जीवन्त पार्न सक्नु पर्दछ’ उनले भने । उनले अभिनेता बन्न वा क्यारेक्टरलाई एडप्ट गर्न आफैँमा इमान्दारिता चाहिने बताए । ‘हामी इमान्दार बन्न सक्नुपर्छ । अनेस्ट भए मात्र राम्रो कलाकारिता देखाउन सकिन्छ । मैले बुझेको यहिँ हुँ’ सोनामले भने ।
उनी कन्टेनसँगै मेकिङ बलियो हुनुपर्ने बताउछन् । ‘सम्हालिन्छ कहिले मन’ पश्चात उनलाई फिल्मको अफर आएता पनि अन्यमा काम गरेका छैनन् । उनी अभिनय सिकेर पनि फिल्म उद्योगलाई बुझिरहेका छन् । फिल्म पश्चात आउने प्रतिक्रिया पश्चात उनी अन्य फिल्म गर्ने सोचमा छन् । फिल्म गर्ने सोच भएता पनि उनले गायनलाई पनि नछाड्ने बताउछन् । ‘गायनले मलाइ परिचित गराएको हुँ । अभिनयमा मेहनत गर्छु र गायनलाई पनि निरन्तरता दिन्छु । किनकी दुवै मेरो दुई खुट्टा जस्तै हुन् । म दुवै बिना यात्रा गर्न सक्दिन’ सोनामले भने ।
फिल्ममा सोनामसँगै पूजा शर्मा , आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथा भनिएको फिल्म यी तीनकै वरपर घुमेको छ । फिल्मलाई एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले निर्माण गरेको हो ।










