एक्सन फिल्म ‘रक्तबीज’ घोषणा

फिल्म । नेपाली फिल्म ‘रक्तबीज’ बन्ने भएको छ । निर्माता संजय न्यौपाने र लेखक प्रदीप भारद्वाजले शुक्रबार फिल्म घोषणा गर्दै सौगात मल्ल, प्रमोद अग्रहरी र विशाल खरेलको अभिनय रहने जानकारी दिएका छन् ।

यसअघि ‘प्रेम दिवस’ निर्माण गरेका न्यौपानेले निर्देशक तय नगर्दै लेखक भारद्वाजसँग सहकार्य गर्दै कलाकार तय गरेका हुन् । यही कारण पनि फिल्मको छायांकन आउँदो वर्ष विसं २०८१ को असोज महिनाबाट हुने प्रारम्भिक तय गरिएको छ ।

पात्रलाई जीवन्त बनाउने सौगात र प्रमोदले यसअगाडी ‘संरक्षण’ लगायतका केही फिल्ममा काम गरिसकेका छन् । संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ ।

अभिनेता मल्लले लेखक भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । डार्क एक्सन जनरामा निर्माण हुने फिल्ममा सौरभ लामा छायाँकारको रुपमा रहेका छन् । निर्माण पक्षका अनुसार पूर्वी नेपालको इलाम र झापामा फिल्मको छायांकन गरिनेछ ।

कमेन्ट गर्नुहोस्