फिल्म। बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको अभिनय रहेको फिल्म ‘बडे मिया छोटे मिया’ मा अभिनेत्रीको रूपमा सोनाक्षी सिन्हा भित्रिने भएकी छिन्। बलिउडका दुई एक्सन स्टार अक्षय र टाइगरसँग सोनाक्षी देखिने खबरले फ्यान उत्साहित छन्। फ्यानले अक्षयको ढल्दो करिअरमा सोनाक्षी लक्की हुने विश्वास सामाजिक सञ्जालमा देखाएका छन्।
निर्माता वासु भाग्नानी निर्माण गर्ने फिल्म एक्सन र कमेडी जनरामा तयार हुँदैछ। बलिउडका दुई एक्सन किङअक्षयले एक सय ६० करोड भारु र टाइगरले ४० करोड पारिश्रमिक लिएका छन् । दुई अभिनेताको पारिश्रमिकमा मात्र २ सय करोड खर्च गरेका निर्माताले निर्देशक अली अब्बास जफरका लागि २५ करोड पारिश्रमिक तिरेका छन् । सन् १९९८ मा यही नाममा बनेको चलचित्रमा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा थिए ।
कमेन्ट गर्नुहोस्