प्रियंकाको ‘मायामा हराउँछन्’ आर्यन (भिडियो)

60 Shares

फिल्म । जनै पुर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘सत्य सत्य’ दर्शकले आर्यन सिग्देल र प्रियंका कार्कीलाई देख्न सक्छन । यस अघि पब्लिसिटीबाट लुकाइएको प्रियंकालाई निर्माण पक्षले यसबाट बाहिर ल्याएको छ । फिल्ममा प्रियंका महत्वपूर्ण भूमिकामा छिन् । गीतमा मानस थापाको शब्द , प्रविन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ । सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ । गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएकाछन् ।

गीतमा यी दुइको केमेष्ट्रीसंगै ग्लामर पनि देखाइएको छ । गीतमा प्रियंका र आर्यनको गीतलाइ चाँगु लेक माथि खिचिएको हो , जसको तापक्रम माइनस ४ डिग्री रहेको छ । सिक्किमको गान्तोकमा अवस्थित यो ताललाइ पानीको श्रोत पनि भन्ने गरिन्छ । पर्यटकको लागि आकर्षणको केन्द्र मानिने चाँगु लेकमा खिचिएको गीतलाई कथा खुल्ने भन्दै निर्माण पक्षले सार्वजनिक गरेको थिएन । प्रदर्शनरत फिल्मलाई दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन् । उनले गेटअप र अभिनयले दर्शकलाई रुझाएका छन् । स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाधेर राख्छन ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । फिल्ममा आर्यन सिग्देल , स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

कमेन्ट गर्नुहोस्