को बन्दैछिन् ‘गीत’ ?

फिल्म । रोमान्टिक सिरिज ‘प्रेमगीत’ को निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ । अडिसन मार्फत फिल्मको कथा अनुसार सुहाउँदो ‘गीत’ छान्ने घोषणा गरेदेखि फिल्मी क्षेत्रमा कस्ले गीत बन्ने सौभाग्य प्राप्त गर्ला ? यो प्रतिस्पर्धी छानिनुपर्छ, यो मोडल अथवा हिरोइन अभिनेत्रीमा लिनुपर्छ जस्ता अनुमान र अड्कलबाजी भैरहेका छन् । आवेदकहरुबाट छानिएको २५ जनाको अडिसनवाट एकजना पात्र छान्ने काम भैरहेको छ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् ।

आइतवारदेखि सुरु भएको अडिसनमा गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, सय कडा दस अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसी लगायतले आफ्नो प्रतिभा देखाईसकेका छन् । आसुसेनको क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अलिकति फरक किसिमले अडिसन गर्ने निर्देशक छेतेन गुरुङले बताए । सुहाउँदो गीत खोज्न कुनै हेल्चेकराई नहोस् भनेर निर्माण पक्षले अडिसनमै फिल्ममा रहने सेटको डिजाइन समेत गराएको थियो ।

निर्देशक छेतन गुरुङ तथा सन्तोष सेनले अडिसनको एक दिनअघि नै विदेशमा रहेका सहभागीहरुको हौसला बढाउन र उनिहरुलाई अडिसन दिने माध्यम र तरिका बताउन निर्माता सेनको फेसबुक पेजमा लाइभ गरेर जानकारी गराएका थिए । पुरुषको कथा र पात्रमै केन्द्रित रहने नेपाली फिल्मी क्षेत्रमा प्रेमगीतको पहिलो शृंखला देखिनै गीतको पात्र सशक्त भैरहेको धेरैलाई थाहा छ । निर्माता सन्तोष सेनले भने, ‘तेस्रो संस्करणका लागि अझ राम्रो क्यारेक्टरको भित्राउने सोच अनुसार अडिसन सुरु गरेका थियौं, यो टप २५ बाट भनेजस्तै पात्र भेट्टाउनेछौं ।’

कमेन्ट गर्नुहोस्