भिडियोपसलमा ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’

फिल्म । दर्शकले मन पराएको दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्लेटफर्म भिडियोपसलमा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर उल्लेखित दुई चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न बताईएको छ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई 4k गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ ।

यता कलाकार तथा निर्माता समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौला पनि चलचित्र ‘छक्का पन्जा ४’ हेर्न दर्शक निकै नै आतुर रहेको बताउछ्न् । हरेक दिन जसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन् । हेमराज विसीले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्