‘करण अर्जुन’ मा तेस्रो रोजाई थिए शाहरुख र सलमान

फिल्म । केहि फिल्ममा काम नगरेकोमा कलाकारलाई पछुतो लाग्ने गर्छ । किनकी त्यो फिल्मपछि ‘ब्लकबष्टर’ हुन्छ । आउनुस् , यस्तै एक फिल्मको बारेमा कुरा गरौँ । हामी कुरा गर्दैछौ सन् १९९५ मा रिलिज भएको बलिउडको फिल्म ‘करण अर्जुन’ को बारेमा । वर्षको सुरुवातकै महिना जनवरीको दोस्रो साता रिलिज भएको फिल्ममा शाहरुख खान , सलमान खान , काजोल र ममता कुल्कर्नी लगायतको अभिनय रहेको थियो । यद्दपी यसबाट शाहरुख र सलमानको जोडीको निकै प्रसंसा भयो ।

राकेश रोशन निर्देशित फिल्ममा सलमान र शाहरुख भने पहिलो रोजाई थिएनन् । उनले प्रोजेक्ट सुरु गर्ने समयमा पहिलो अप्रोच सनी देओल र बबी देओललाई गरेका थिए । निर्देशक राकेश चाहन्थे कि फिल्मको कथालाई दर्शकले रिलेट गरुन । उनि बलिउडका लिजेन्ड धर्मेन्द्रको दुइ छोरालाई पर्दामा उतारेर दर्शकसँग भावनात्मक सम्बन्ध गास्न चाहन्थे । तर , यी दुइले फिल्म गर्न मानेनन् । त्यसैले गर्दा निर्देशक राकेशको बलिउडका असली दुइ भाईलाई पर्दामा देखाउने सपना पुरा भएन ।

त्यसपछि उनले यो अफर अजय देवगनलाई गरे । उनि अजयको एक्सनसँग प्रभावित थिए । त्यसैले उनले अजयलाई फिल्ममा काम गर्न प्रस्ताव गरे । तर , अजयले पनि अन्य व्यस्तता देखाउदै अफर एसेप्ट गरेनन् । फलत प्रोजेक्ट सलमान र शाहरुखको हातमा पुग्यो । यी दुइको जोडीले फिल्म रिलिजपछि प्रसस्तै तारिफ पाए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्