‘पुजार सार्की’ प्रिमियरमा दर्शक बने अतिथि

फिल्म । नेपाली फिल्म ‘पुजार सार्की’ रिलिज अगावै दर्शकलाई देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए । मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि हेरे । दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो ।

यसरी रिलिज अगावै फिल्म देखाइनुको उद्देश्य वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए । प्राय प्रिमियरमा फिल्मकर्मी अतिथि बन्ने गरेता पनि यसपटक दर्शक मात्र प्रिमियरमा सहभागी थिए ।

आजदेखि विश्व्यापी रुपमा प्रदर्शन गरिएको नेपाली फिल्म ‘पुजार सार्की’ लाई केन्द्रीय चलचित्र जाँच समितिले फिल्म हेरेपछि ‘युनिभर्सल’ सर्टिफिकेट दिएसँगै यसलाई स-परिवारले हेर्न मिल्नेछ । प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ ।

निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल फिल्मलाई कुनै सम्झौता नगरी बनाएको बताउछन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्