‘हाउसफुल ४’ बाट नाना आउट

जयहोस् । बलिउडमा यतिबेला #meetoo मुभमेन्टनै चलिरहेको छ । पछिल्लो समय आफुलाई परेको एभ्युजको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ अभियानले अग्रता लिईरहेको छ । बलिउड एक्ट्रेस तनुश्री दत्तले अगाडी आएर यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक नपर्ला । यसैक्रममा पछिल्लो समय निर्देशक साजिद खानको नाम पनि अगाडी आएको थियो । उनले यौनजन्य दुर्व्यवहार गरेको भन्दै केहि एक्ट्रेस तथा मोडलले ‘मिटू’ ह्यासट्याग गर्दै उल्लेख गरेका थिए । उनको नाम यसमा मुछिएपछी उनलाई फिल्म ‘हाउसफुल ४’ बाट निकालिएको छ । भारतीय मिडियाले उनलाई फिल्मका निर्माता साजिद नाडियाडवालले फिल्मबाट आउट गर्दै अघिल्लो सिरिजका निर्देशक फरहाद सामजीलाई निर्देशन गर्न दिएको खबर केहि समयपहिले नै मिडियामा आइसकेको छ । फरहादले आफ्ना दाइ साजिदसँग अघिल्लो सिरिज ‘हाउसफुल ३’ को निर्देशन गरेका थिए । निर्देशक नै आउट भईसकेपछि निर्माता साजिदले फिल्मका कलाकार नाना पाटेकरलाई पनि आउट गरेका छन् । एक्ट्रेस तनुश्री दत्तले ‘मिटू’ को सुरुवात नै नानालाई आरोप लगाउदै गरेकी थिइन् । यसैकारणले निर्माता साजिदले फिल्मका लिड कलाकार अक्षय कुमारसँगको सल्लाहपछी नानालाई आउट गर्दै साउथका कलाकार राना डग्गुवतीलाई इन गरेका छन् । अर्थात् नानाको भूमिकालाई अब रानाले निर्वाह गर्नेछन । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसमा अक्षयसँगै रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा सहित राना देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ । यसको चौथो सेरिजलाई दर्शकले २५ अक्टुबर २०१९ मा हेर्नपाउनेछन् । पछिल्लो समय बलिउडमा चलिरहेको ‘मिटू’ लहरका कारण अनु मल्लिकले पनि ‘इण्डियन आइडल’ छाड्नु परेको थियो ।
कमेन्ट गर्नुहोस्