फिल्म । निर्देशक नवल नेपालको निर्देशनमा तयार भएको सिरिज ‘दिल चुप छ’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरलाई म्युजिकल बनाइएको छ जसमा लिड कलाकार रिस्ता बस्नेत र नव प्रस्तुति महेश खड्का फिचर्ड छन् । सिरिज पनि यी दुइकै मूल कथामा घुमेको छ ।
इस्यु बेस्ड फिल्म निर्देशनमा माहिर मानिने नवलले ‘श्रीमान’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । उनको कामलाई डेब्यु निर्देशनमै सर्वत्र प्रसंसा मिलेको थियो । त्यसयता उनले महसुस , लज्जा , भाग सानी भाग , मंगलम र मारुनीको निर्देशन गरिसकेका छन् । सिरिजमा कथा दिनेश न्यौपानेको रहेको छ भने स्क्रिप्ट र डायलग भने नवलकै छ । यसमा एलिस कार्कीको संगीत , मदन कश्यप घिमीरेको छायांकन र श्री कृष्ण श्रेष्ठको सम्पादन , कलर तथा भीएफएक्स रहेको छ ।
कमेन्ट गर्नुहोस्









