प्रकाशले सार्वजनिक गरे ‘मोटर’ (भिडिओ)

फिल्म । प्रदर्शनरत फिल्म ‘वसन्त’ मा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । फिल्म रिलिजको केही दिनपछि गीतको लिरिकल भिडिओ युट्युबमा रिलिज गरिएको हो । यो गीतमा प्रकाश सपुतको स्वर छ । फिल्मको कथामा यात्राको सन्दर्भमा यस गीत समावेश गरिएको छ । भिडिओमा फिल्मका शीर्ष कलाकार प्रकाश सपुत र खड्ग बहादुर पुन फिचर्ड छन्।

प्रकाश सपुतको निर्देशनमा बनेको ‘वसन्त’ गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ । फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे लगायत कलाकारहरूको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस्