‘गणपति’ बाट सेभेन सिजले अन्तर्राष्ट्रियबजारमा वितरण सुरु गर्दै

फिल्म । अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले ‘गणपति’ मार्फत वितरण प्रारम्भ गर्ने भएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘डिग्री माइला : म थर्ड क्लास’ लसता चर्चित फिल्मको प्रदर्शन अधिकार लिएको कम्पनिले ‘गणपति’ बाट प्रारम्भ गर्ने वितरक विनोद पौडेलले जानकारी दिए । उनले भने,’हामीले प्रारम्भको फिल्म छनोट गरेका हौँ । यो सँगै हाम्रो पनि श्री गणेशाय भएको छ । हामी प्रवासमा रहेका दर्शकको प्रिय बनिरहेका र हेर्नु पर्ने फिल्मलाई विस्तारै रिलिज गर्ने छौँ ।’

‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १, मिडिल इस्ट अन्तर्गतका देशहरू,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेक्टेम्बरमा प्रदर्शन हुने वितरक पौडेलले बताए । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।

कमेन्ट गर्नुहोस्