बलिउडमा डेब्यु भएर साउथमा हिट

फिल्म । पछिल्लो समय साउथको फिल्ममा प्राय देखा पर्ने कलाकारमा पर्छिन्, काजोल अग्रवाल । उनले बलिउडमा पनि सिंघम , स्पेसल २६ र दो लाफ्जोकि कहानी लगायतका फिल्ममा काम गरिसकेकी छिन । उनलाई सुहाउदो भूमिका अनुसार बलिउडमा राम्रो अफर हुने गर्छ भने साउथ फिल्ममा प्रायमा काजोल हुन्छिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् । किनकी उनि बलिउड अगाडी साउथ इण्डियन फिल्म मार्फत नै पहिचान बनाउन सफल भएकी हुन् ।

साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर , काजोलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’ मार्फत भएको थियो । उनि यस फिल्ममा ऐश्वर्या रायको साथिको रुपमा देखिएकी थिइन् । सानो भूमिकामा देखिएको कारण यिनी नोटिस भइनन् । त्यसैले गर्दा उनले आफ्नो अभिनय यात्रालाई साउथ तर्फ मोडिन । फलत : सफलता मिल्यो । साउथमा हिट भएपछी फेरी उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यस यता उनि दुवैतीर उतिकै व्यस्त छिन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्