गोपीको विशेष शो (फोटो फिचर)

फिल्म । राजधानीमा फिल्म गोपीको विशेष शो गरिएको छ । गाई पालक कृषक ‘गोपी’को कथा समेटिएको फिल्मलाई विशेष शोमा नेपाली राजनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुले विशेष शो मा हेरेका छन् । फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको र फिल्म हेर्दै गर्दा आफु पनि फिल्मको पात्र ‘गोपी’ भएको महसुश गरेको प्रतिकृया दिएका थिए । ‘किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ’ दीपकराज गिरीले प्रतिक्रिया दिदै भने ‘ यो कमर्सियल फर्म्याटमा छैन तर आफ्नै अर्ग्यानिक फिल्म हो ।’

यसैगरी कलाकार जितु नेपालले नेपाल सरकार कृषी मन्त्रालयले निर्माण गर्नु पर्ने खालको फिल्म निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषी मन्त्रालयले अन्तर्गत विशेष फिल्म घोषणा गर्नु पर्ने बताए । युवा नेता योगेश भट्टराईले मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । ‘फिल्मले आम युवालाई प्रेरित गर्छ’ उनले भने ‘स्वदेशमै खोजिएको स्वरोजगार गर्व गर्न लायक विषय ।’

सरकारी तवरबाट फिल्मको लागि केही गर्न सकिने धारणा उनको थियो । माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा बिपिन कार्की, वर्षा राउत , सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्