‘मैले भुल्न’ मा रिमा र बेनिशा

फिल्म । पछिल्लो समय आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्न थालिएको छ । पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका छन् । यस्तै थिममा रहेर निर्देशक प्रविन श्रेष्ठले भिडियो तयार गरेका छन् । लेजबियनको मनोभावलाई व्यक्त गर्ने कथासार बोकेको भिडियोमा बेनिशा हमाल र रिमा विश्वकर्मा फिचर्ड छिन ।

यी दुईले भिडियोमा आफ्नो मनको भावनालाई प्रष्ट्याएका छन् । ‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको गीतमा परिवर्तनसँगै बदलिने मनस्थिति चित्रण गरिएको छ । भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्