निरिषाको निशाना (फोटो फिचर)

16 Shares

फिल्म । पछिल्लो समय फिल्ममा नयाँ पुस्ताको प्रवेश उत्तिकै छ । किनकी डिमाण्ड पनि उत्तिकै छ । प्राय निर्माता तथा निर्देशक आफ्नो फिल्ममा नयाँ कलाकारलाई कास्ट गर्ने सोचमा हुन्छन् तर सोचे जस्तो अनुहार कमै उदय हुन्छन् । तर आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म जानी नजानीबाट भने सम्भावना बोकेकी निरिषा बस्नेतको उदय हुँदैछ । कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिषाले नेपाली फिल्म अगावै भारतीय सिरियल ‘चन्द्रनन्दिनी’ मा टाइटल रोल निर्वाह गरिसकेकी छिन ।

मुम्बईमा बसेर संघर्ष गरिरहेकी निरिषा जानी नजानीमा भने मीराको भूमिकामा छिन् । ‘मेरो भूमिकाले प्रेरित गर्छ भने दायित्व बोध पनि गराउँछ’ निरिषा भन्छिन् ‘फिल्मले लभ स्टोरीसँगै फ्यामिली ड्रामा पनि बोकेको छ ।’ घाटामा गएको पुख्र्यौली ढाका उद्योगलाई एउटा युवा जोश र जाँगरले कसरी पुर्नस्थापित गराउन सक्छ ? भन्ने मुल कथा यो फिल्मले पस्केको छ । ‘यस्ता फिल्महरु निकै कम बन्छन् , जसले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व कसरी वहन गर्ने भन्ने विषयमा दर्शकसँग साक्षात्कार गर्छन्’ निरिषाले भनिन्–‘यो निकै गज्जब विषयमा बनेकोले पनि दर्शकलाई नयाँ स्वाद हुन सक्छ ।’

उनि मातृभूमिमै आफुलाई स्थापित बनाउने सोचमा छिन् । उनीहरुसँगै यो फिल्ममा मनिष श्रेष्ठ , सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगाएतले अभिनय गरेका छन् । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘जानी नजानी’ मा मोदनाथ खनाल र सागर काजि माली निर्माता रहेका छन् । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।

Facebook Comments