दीपकले लेखे ‘प्रयोग गरेका थियौं तर ….’

फिल्म । पछिल्लो समय नेपाली फिल्मका दर्शक बढ्न सकेको छैन । दुइ वर्ष अगाडी छक्का पञ्जामा देखिएको दर्शकको महासागरकै हाराहारीमा यसको सिरिजमा दर्शक आउने गरेका छन् । गत वर्ष पनि केहि नेपाली फिल्मले मात्र दर्शकको साथ् पाए , अन्यले भने असफलतानै भोग्नु पर्यो । त्यसो त पछिल्लो समय नेपाली फिल्म फ्री मा हेर्ने बानी दर्शकमा परेको कारण पनि हलसम्म पुग्न अल्छी भएका हुन् कि भन्ने छ । किनकी फिल्म रिलिज भएको केहि समयमै दर्शकले उक्त फिल्म टेलिभिजन तथा युट्युबमा हेर्न पाउछन ।

विदेशी फिल्मलाई हलमा हेर्न नपाएपछि अनलाइन किनेर हेर्नु पर्छ तर नेपाली फिल्म भने निशुल्क उपलब्ध हुने गर्छन । तर , युट्युबमा रिलिज नभएको फिल्म ‘छक्का पञ्जा २’ ले रि-रिलिज मार्फत केहि कुरालाई मिलाने अपेक्षा गरिएको थियो । किनकी फिल्मले रि-रिलिजमा राम्रो ब्यापार गरेको भए निर्माता तथा निर्देशकले निकै कम फिल्म युट्युबमा दिनेथिए ।

तर , हलिउड फिल्म ‘एभेन्जर्स:इण्ड गेम’ का कारण फिल्मले मल्टिप्लेक्समा शो पाएँन । जसले गर्दा फिल्मले अपेक्षित ब्यापार गर्न सकेन । जसलाई फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले स्वीकारेका छन् । मल्टीप्लेक्सहरुले केही सोज दिएको भए फिल्मले राम्रो व्यापार गर्ने सम्भावना थियो । तर, अब यस फिल्मलाई सिंगल थिएटरको मात्र भर छ । दीपकले फेसबुकमा लामो स्टाटस कोर्दै ‘छक्का पञ्जा २’ को पुनः प्रदर्शनको प्रयास सफल नभएको स्वीकार गरेका छन् । पुनः प्रदर्शन पनि एउटा सम्भावना हुनसक्छ भन्ने आफूहरुको सोच असफल भएता पनि कुनै ग्लानी नभएको उनको भनाई छ । उनी लेख्छन्, ‘सफलताको आकाशमा त्यही उड्छ, जसले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।’कमाईको केही प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका दीपकले व्यक्तिगत रुपमा एक लाख रासकोट अस्पताललाई प्रदान गर्ने घोषणा गरेका छन् । अस्पताल निर्माणका लागि फिल्म हलबाट उत्रँदासम्म उठेको रकमको केही प्रतिशत पनि प्रदान गर्ने उनले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्