‘मलाइ स्विकार्नु हुन्छ भन्ने आश छ’ निरिशा

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को पहिलो गीत राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचार्ड छन् भने गीतको अन्त्य तिर डेब्यु गर्ल निरिशा बस्नेत पनि देखिन्छिन । गीतमा झल्क मात्र देखिएपनि निरिशा नोटिस हुन्छिन । उनि यसैफिल्म मार्फत फिल्मनगरीमा आउदैछिन । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकि छोरी निरिशाले आफ्नो डेब्युमा राम्रो टिम पाएको बताइन । ‘मैले डेब्युमा राम्रो टिम पाए निकै उत्साहित छु’ उनले आफुले रोमान्टिक फिल्ममा सोचेको जस्तै काम गर्न पाएको बताइन । ‘मैले यसमा पानीमा भिजेकी छु , नाचेकी छु रोमान्टिक केटिले गर्ने सबै क्रियाकलाप गरेकी छु’ उनले फिल्म मार्फत आफु निकै आश्वादी रहेको बताइन । ‘मलाइ यो फिल्म मार्फत फिल्मनगरीमा स्विकार्नु हुन्छ भन्ने आश छ’ उनले भनिन ।

फिल्ममा निरिशासँगै मनिष श्रेष्ठ सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । ‘मलाइ लाग्यो यो समय मेरो लागि डेब्युको लागि राइट हो यसैले निर्देशनमा आए’ बसन्तले बताए । यसैगरी निर्मात्री केसीले पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताइन । ‘हामीले कहिँ कतै सम्झौता गरेका छैनौ , यसपटक मैले कमर्सियल फिल्म लिएर आएकी छु’ निर्मात्री केसीले बताईन । उनले निर्माण गरेको अघिल्लो फिल्म ‘डाक्टर खाते’ ले ब्यबसायिक सफलता भन्दा पनि देश विदेशको फेस्टिभलमा आफुलाई अब्बल सावित गरेको थियो ।

यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्