देश । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण प्रदेशमा नेपाली फिल्म छायाँकनको लागि स्थान बनाइने बताएका छन् । नेपाली फिल्म मार्फत स्थानीय भाषा र संस्कृतिलाई अगाडी ल्याउन फिल्म निर्माणलाई प्रोत्साहित गरिने पनि अर्थमन्त्री खतिवडाले बताए । उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्न पनि बजेट छुट्याईएको जनाएका छन् । यसैगरी नेपाली फिल्मको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यस्था गरिएको बताए । यद्दपी उनले यसमा छुट्याईएको बजेटलाई अंकमा बताएनन् ।
कमेन्ट गर्नुहोस्











