देशी होइन , विदेशी गर्ल

फिल्म । बलिउडमा देशी गर्लको पहिचान बनाएकी प्रियंका चोपडा पछिल्लो समय विदेशी गर्ल बनेकी छिन् , बि-टाउनमा । उनले केहि समयपछि अभिनय गरेको फिल्म ‘द स्काई इज पिङ्क’ ले राम्रो व्यापार नगरेपछि प्रियंका हलिउडकै तयारीमा थिइन् । अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्‌वेन जोनसनसँग स्क्रिन सेयर गरेर चर्चामा आएकी थिइन् । ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेपछि हलिउडमा प्रियंकाको छुट्टै चर्चा भयो ।

यिनै पिसी अब हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिने भएकी छिन् । ‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने तय भएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्