हेर्नुस ‘२.०’ ट्रेलर (भिडियो)

बलिउड । यसवर्षकै ठुलो फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । सत्यम सिनेमा चेन्नईमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ग्राण्ड ट्रेलर लन्च गरेको हो । ट्रेलर लन्चमा फिल्मका कलाकार रजनिकांत र अक्षय कुमार सहित निर्देशक शंकर लगायतको उपस्थिति रहेको थियो । संगीतकार एआर रहमानको गीतलाई पनि उपस्थित माँझ नै देखाइएको थियो ।

रोबर्टको सिक्वेल यो फिल्म निर्माणको समय देखि नै चर्चामा रहेको थियो । फिल्ममा एक्ट्रेस ऐश्वर्या राय बच्चन पनि अतिथि भूमिकामा रहेको चर्चाछ । फिल्मलाई हाईपमा ल्याउने काम यसमा भएको कास्ट र निर्देशक शंकरले पनि गरेका छन् । फरक विषयवस्तुमा फिल्म बनाउन माहिर मानिने शंकर र कास्टमा रजनिकांत र अक्षय कुमार भएकै कारण फिल्म प्रतिक्षित छ । लाइका प्रोडक्सनले यसलाई आउदो नोभेम्बर २९ मा रिलिज गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्