जेठ ९ मा राजेश भर्सेस खगेन्द्र, निश्चल र आर्यन

फिल्म । आउँदो वर्ष विसं २०८२ को जेठ ९ मा दुइ फिल्मको भिडन्त तय भएको छ । दीपेन्द्र कुमार खनालको निर्देशनमा तयार भएको ‘के घर के डेराः घर नम्बर २’ र दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहा: अवतार’को प्रदर्शन मिति जेठ ९ लाई घोषणा गरिएको छ ।

खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउँछन् । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।

बदला र सामाजिक कथावस्तुमा तयार गरेको यो फिल्ममा ३१ वर्षपछि राजेश हमाल र सरोज खनालले स्क्रिन सेयर गरेका छन् । यो फिल्ममा कलाकारमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरको पनि अभिनय छ । क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र महर्जनसँगै ध्रुव न्यौपाने र दीपक ढकाल शर्माको निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्