फिल्म । फिल्म ‘रावायण’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्म आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल शाह फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । उनी फिल्ममा कान्छा र राघव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार फिल्ममा उनी पोजेटिभ र नेगेटिभ भूमिकामा छन् ।
श्री श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा श्रीले नायक पललाई सशक्त रुपमा एक्सन मुडमा प्रस्तुत गरेका छन् । यसमा पल, प्रमोद अग्रहरि, प्रकाश शाहलगायतका कलाकारको प्रस्तुती दमदार छ ।
फिल्ममा प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाको निर्देशन छ । उनले ‘रावायण’ आफ्ना लागि चुनौतीपूर्ण रहेको बताए । ‘मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु,’ उनी भन्छन् ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।












