कमेन्ट गर्नुहोस्
‘कबड्डी कबड्डी कबड्डी’ लाई दर्शकको साथ

फिल्म । संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले सुस्ताएको नेपाली फिल्मको व्यपारलाई तताएको छ । फिल्म हेर्न विहानी शो देखि नै दर्शक भरिभराउ छन् । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले मल्टिप्लेक्समा आक्रामक सुरुवात गरेको छ । आज र भोलीका अधिकांश शोजहरुमा दर्शकको चाप उच्च छ । शुक्रबारसंगै परेको विदालाई फिल्मले राम्रोसंग सदुपयोग गरेको छ । रिलिजको पुर्व सन्ध्यामा आयोजित प्रिमियर मार्फत बटुलेको प्रतिक्रियाले फिल्मको व्यापार बढाउन मदत गरेको छ । फिल्मलाई अधिकांसले ‘रमाइलो’ भन्ने प्रतिक्रिया दिएका थिए ।
फिल्ममा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । ब्राण्ड भ्यालुको कारण यसले आक्रामक शुरुवात गर्न सफल भएको छ । मल्टिप्लेक्समा बुकिङ्ग हेर्ने हो भने यसले इनिसियल रुपमा दर्शकको राम्रो साथ पाएको छ । यद्दपी यसको तेस्रो दिनपछिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’ मै भर पर्नेछ ।






