कपिलको बायोपिकमा रणवीरको जोडी दीपिका

66 Shares

फिल्म । सन् १९८३ मा इन्डियालाई वर्ल्ड कप जिताउन सफल क्रिकेट टिमका कप्तान कपिल देवको बायोपिकमा ‘८३’ फिल्म बन्ने चर्चा लामो समय यता छ । कपिलको भूमिकालाई रणवीर सिंहले निर्वाह गर्नेछन् । पछिल्लो समय फिल्म ‘गल्ली ब्वाई’ मा र्यापर बनेका रणवीर यसमा क्रिकेटरको भूमिका निर्वाह गर्दैछन् । उनले क्रिकेटर बन्नको लागि प्रशिक्षण समेत लिईसेकेका छन् । उनलाई फिल्ममा कबिर खानले निर्देशन गर्नेछन् ।

सन् १९८३ मा कपिल देव, दिलीप वेंगेस्कर, मोहिंदर अमरनाथ, संदीप पाटिल, के श्रीकांत, रोजर बिन्नी, कीर्ति आजाद, मदन लाल, सैय्यद किरमानी, बलविंदर संधू, यशपाल शर्मा र सुनील वालसन लगायतले इन्डियालाई वर्ल्डकप जिताएका थिए । फिल्ममा सम्पूर्ण कलाकारको टुङ्गो लागिसकेपनि एक्ट्रेस तय भएकी थिइन् । तर अब फिल्ममा दीपिका पादुकोण रहने चर्चा बि-टाउनमा छ । कपिलको श्रीमतीको भूमिका उनले निर्वाह गर्नेछिन् । पछिल्लो समय छपाकको काममा व्यस्त रहेकी दीपिकाले रणवीरसँग स्क्रिन शेयर गर्ने खबरले निकै चर्चा पाइरहेको छ । (एजेन्सी)

Facebook Comments