विराजको ‘साङ्लो’ फागुन ९ मा

फिल्म । विराज भट्टको निर्माण तथा निर्देशनसँगै अभिनय समेत रहेको फिल्म ‘साङ्लो’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा उनि एक्सन मुडमा देखिएका छन् भने रिलिज डेट आउँदो फागुन ९ मा घोषणा गरिएको छ । दशक अगाडी एक्सन स्टारको ट्याग पाएका अभिनेता विराज भट्टको डेब्यु निर्देशन रहेको फिल्मको क्यामेरा ‘अन’ भएको ५० दिनमा छायाँकन सकिएको छ ।

किड्नी तस्करीको कथा बोल्ने बताइएको फिल्ममा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस्