अनमोल भन्छन् ‘घनश्याम मार्फत नयाँ लाइफ फिल गरे’

448 Shares

फिल्म । अनमोल केसी पछिल्लो समयका पपुलर अभिनेता हुन् । उनले अभिनय गरेका प्राय फिल्मले इनिसियल ब्यापार गरेका छन् । यसैले गर्दा पनि अनमोलको क्रेज फ्यानमा राम्रो छ भन्नेमा दुइ मत नहोला । यिनै अनमोल आउँदो फिल्म ‘ए मेरो हजुर ३’ मा दुइ क्यारेक्टरमा देखिदैछन् । सार्वजनिक ट्रेलरमा उनि रकस्टार प्रेम र सामान्य युवा घनश्यामको भूमिकामा देखिएका छन् । अघिल्लो फिल्म ‘क्याप्टेन’ मा फुटवलर बनेका अनमोलले यसपटक घनश्याम मार्फत नयाँ लाइफ फिल गरेको बताएका । ‘मैले घनश्यामको लाइफ देखेको छैन तर फिल्म मार्फत त्यसलाई बाच्न पाए रमाइलो लाग्यो’ उनि भन्छन् ‘घनश्यामले बाच्ने लाइफको छुटै मज्जा छ ।’ झोले सुरुवाल , बिग साइज टि शर्ट र चप्पलमा घनश्याम पुरानो बाइक चलाउदै गरेको ट्रेलरमा देखिएका छन् ।

अनमोलको डबल रोल हो वा उनि दुइ क्यारेक्टरमा छन् , जो एकै हुन् यो त फिल्म हेरेपछि नै थाहा हुनेछ । जहाँ उनले घनश्याम मार्फत नयाँ जीवनलाई आभाष गरे , त्यहि उनले प्रेम मार्फत सपना पनि पुरा गरे । बाल्यकाल देखि नै गायक बन्ने जोश अनमोलमा थियो । उनले स्कुले जीवनमा ब्याण्ड पनि नखोलेका होइनन् तर पछि उनले आफुलाई अभिनयमा ल्याए । उनि पहिलो पटक अनमोलको रुपमा फिल्म ‘साथि म तिम्रो’ देखिएका थिए । जसमा उनि कन्सर्टमा गीत गाउँदै थिए । यसले पनि अनमोलको संगीत प्रतिको प्रेम दर्साउछ । यसमा अनमोलले रकस्टार प्रेमको भूमिका मार्फत अर्को जीवनलाई पनि महसुस गरे , जुन उनको सपना थियो ।

‘गायक बन्ने सोच नभएको होइन तर स्वर त्यति राम्रो छैन’ उनि भन्छन् ‘त्यो सपना पनि फिल्मले पुरा गर्यो ।’ हजारौ फ्यानको अगाडी स्टेजमा गीत गाउँनु , उनको ठुला ठुला होडीङ बोर्ड लाग्नु सपना नै थियो । ‘यो लाइफको केहि कुरा अवस्य पनि मेरो लाइफसँग मिल्छ तर ब्याकस्टोरी फरक छ’ अनमोल भन्छन् ‘यिनै कारणले मलाइ क्यारेक्टरलाई न्याय गर्न सक्छु जस्तो लागेको हो ।’फिल्ममा अनमोलको को-स्टार डेब्यु गर्ल सुहाना थापा । दुवैको समानताको भनेको फिल्मी ब्लड हो । अनमोल भुवन केसीका छोरा हुन् भने सुहाना झरना थापाकी छोरी दुवैका प्यारेन्स अभिनेतासँगै निर्देशक पनि । फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ । फिल्म चैत्र २९ गते रिलिज हुँदैछ ।

Facebook Comments