भारतमा सलमानको यस्तो लुक्स

15 Shares

फिल्म । पछिल्लो समय बलिउडको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् भने अन्य केहि कलाकारलाई पनि बिम्बको रुपमा देखाइएको छ । सलमान सार्वजनिक फिल्ममा भिन्न भिन्न अवतारमा छन् , जस मध्यको एक अवतारलाई पोष्टर मार्फत सार्वजनिक गरिएको छ । सलमानले पोष्टरलाई सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, ‘जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ यसमा उनले १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् ।

आउँदो इद अर्थात जुन ५ मा रिलिज हुने फिल्ममा सलमानसँगै कटरीना कैफ , ज्याकी श्राफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अली र सलमानको यो तेस्रो सहकार्य हो । योभन्दा अगाडि दुईले ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ बनाएका थिए । दुबै सुपरहिट भएको थियो ।

Facebook Comments