सकियो ‘राधे’ को छायांकन

फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ को छायांकन सकाएका छन् । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले छायांकन रोकिएको फिल्मको काम अनुमति पाएसँगै अगाडी बढेको थियो । सलमानले सामाजिक सञ्जाल मार्फत आफु झन्डै साढे ६ महिनापछी सेटमा फर्किएको केहि समय अगाडी जानकारी गराएका थिए ।

एक गीत र बाँकि रहेको एक्सनका दृश्यलाई उनले सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर पुरा गरेका हुन् । छायांकन पुरा भएसँगै निर्माण पक्षले एक भिडियो सार्वजनिक गर्दै फिल्म छिटै रिलिज हुने जनाएका छन् । फिल्मको द्वन्दका लागि कोरियन एक्सन स्टारलाई ल्याईएको भारतीय मिडियामा उल्लेख छ । फिल्ममा सलमान एक्सन अवतारमा प्रस्तुत हुनेछन् ।

फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्