बादशाह जुटको ‘काफल पाक्यो’ सार्वजनिक (भिडियो)

जयहोस् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘बादशाह जुट’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘काफल पाक्यो’ गीतमा अभिनेत्री प्रियंका कार्कीसँगै अभिनेताद्वय सुशील श्रेष्ठ र आमिर गौतम फिचर्ड छन् । गीतसँगै फिल्म आउदो पौष १३ मा रिलिज हुने समेत घोषणा गरिएको छ । लोकशैलीको गीतमा राजनराज शिवाकोटीको र मेलिना राइको स्वर रहेको छ । डिपी खनालको शब्द रहेको गीतलाई कृष्ण भारद्वाजले कम्पोज गरेका हुन् । गीतमा संगीतकार समेत रहेका गायक राजनको रचना र संगीत नभएता पनि गायन भने उनकै छ । ‘गीत राम्रो बनेको छ , यसैले गर्दा मेरो रचना र संगीत नभएता पनि मैले गाए अनि मलाइ सम्झिनु भएकोमा धन्यवाद’ राजनले कार्यक्रम बोल्दै भने । यसैगरी गीतलाई निकै मेहनतको साथ् तयार पारिएको प्रियंकाले बताईन । ‘शुटिङमा सहज थिएन तर आज पर्दामा हेर्दा खुसि लाग्यो’ प्रियंकाले भनिन् । उनले शुटिङकै क्रममा आफ्नो खुट्टामा समेत चोट लागेको बताइन । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो उत्तम हुमागाइँले खिचेका हुन् । गीतमा देखाइएको काफल आटिफिसियल रहेको निर्देशक जोनी सिंह राणाले बताए । फिल्मलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्