फागुनमा ‘क्याप्टेन’

जयहोस् । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुने भएको छ । अनमोललाई फुटवल खेलाडीको रुपमा प्रस्तुत गरिएको फिल्म फागुन अगाडी नै रिलिज हुने चर्चा थियो तर प्राविधिक कारण देखाउदै फिल्मले अन्तत मिति तय गरेको छ । फिल्ममा भिएफएक्सका दृश्यहरु धेरै भएकोले गर्दा फिल्म पुर्व घोषित समयमा भने रिलिज हुन् सकेन । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् भने यसमा अनमोलसँगै प्रशान्त ताम्राकार , उपासना सिंह ठकुरी , प्रियंका एम भी लगायतको अभिनय रहेको छ । ‘यसमा अनमोललाई अघिल्लो फिल्म भन्दा भिन्न प्रस्तुतिमा पाउनु हुनेछ ‘ निर्देशक भट्टराई भन्छन ‘ फिल्मको प्राविधिक कामले गर्दा हामीले प्राविधिकसँगैकै सल्लाहमा यो डेट फाइनल गरेका हौ ।’ फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्