फिल्म । निर्देशक दीपा बस्नेतको संयोजकत्वमा नेपालमा ‘आर्ट अफ गिभिङ दिवस’ मनाइएको छ । हरेक वर्ष मे १७ मा विश्वभर मनाईने योदिवस शुक्रबार नेपालमा पनि मनाइएको हो । तारकेश्वर नगरपालिका गोलढुगांमा रहेको ‘मातृ नेपाल अपांग संघ’द्धारा संचालित बालगृहमा मनाइएको कार्यक्रममा त्यहाँ आश्रीतहरुलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री प्रदान गरिएको थियो । यसपटक बालबालीकाहरुलाई ‘खुशीले भरिएको झोला’ भन्ने थिम राख्दै स्कुल झोला पनि वितरण गरिएको हो ।
संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिङ्गा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधी निर्देशक दिपा संगै व्यवसायी शैलेन्द्र तुलाधरले सहजिकरण गरेका थिए । ‘मातृ नेपाल अपांग गृह’मा ‘कलिङ्गा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको छ । कार्यक्रममा ‘मातृ नेपाल अपांग संघ’ले ‘कलिङ्गा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ले गर्दै आएको सहयोगको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।
फिल्म अन्तराल र श्री ५ अम्बरेको निर्देशन गरेकी बस्नेत केहि वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । उनि भन्छिन्, “हामीले सकेसम्म अरुलाई सहयोग गर्नुपर्दछ । आम्दानीको केही हिस्सा मात्र पनि सामाजीक कार्यमा लगाउन सके त्यो भन्दा पुण्यको काम केही हुँदैन ।” ‘आर्ट अफ गिभिङ’ दर्शनका प्रतिपादक डा.अच्युत सामन्त हुन् । यो दिनमा विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन गराइँदै आइएको छ ।