हरर फिल्म ‘मम्मी’को डान्सिङ गीत सार्वजनिक

फिल्म । समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘मम्मी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

हरर फ्यामिली ड्रामा ‘मम्मी’ले परिवारको प्रिय कुकुरको दु:खद निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।

माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । यसमा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिलममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । यसका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

फिल्मको छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

कमेन्ट गर्नुहोस्