फिल्म । अभिनेता सलमान खानको अभिनय रहेको फिल्ममा तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो ।
झन्डै १४ वर्ष अगाडी आएको यस फिल्मको सिक्वेल बन्ने धेरै नै चर्चा भयो । तर दर्शकले विस्वासिलो मध्यमबाट अझै पनि सिक्वेल बन्ने खबर पाएका छैनन् । तर फिल्मका निर्देशक सतिश कौसिकले यसको सिक्वेल बनाउने सोचेका थिए । यतिबेला फिल्मको सिक्वेल नबने पनि राधे नाममा फिल्म भने बन्ने भएको छ । आउँदो सन् २०२० को इदमा रिलिज गर्ने गरि सलमानले यसै टाइटलमा फिल्म बनाउने निर्णय गरेका छन् । सलमान यसमा एक्सन अवतारमा देखिनेछन् । उनले कोरियन फिल्म ‘द आउटलउज’ को हिन्दी रिमेक गर्ने तयारी गरिरहेका छन् ।
सलमानको फिल्म ‘तेरे नाम’ हेरेका फ्यान यो फिल्म बन्ने भएपछी भने खुसि भएका छन् । सलमानको व्यक्तित्वलाई यो टाइटलले प्रस्ट्याउने विश्वास सलमानको फ्यानलाइ छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गराउने चर्चा छ । प्रभुदेवाले हालै सलमानको फिल्म ‘दबंग ३’ लाई निर्देशन गरिरहेका छन् । (एजेन्सी)












