फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म मध्यको एक ‘शुभ लभ’ ले विहानी पख स्पेसल शोको आयोजना गरेको छ । आयोजित शोमा मिडियाकर्मी र फिल्म युनिटसँगै केहि सेलेब्स पनि देखिए । फिल्म युनिटको निम्तोलाई स्वीकार्दै निर्देशक दीपाश्री निरौला , सन्दीप क्षेत्री , निर्मल शर्मा , आकाश अधिकारी लगायत उपस्थित थिए । फिल्म हेरेर निस्किएका अधिकांसले यसको विषयवस्तुको तारिफ गरे ।चर्चित युवा ज्योतिषी हरिहर अधिकारी नायकको रुपमा डेब्यु गरेको फिल्ममा उनि रियल लाइफकै प्रोफेसनमा छन् । फिल्ममा सन् २०१७ कि मिस टिन नेपाल कृष्टिन पौडेल पनि डेब्यु फिल्ममा राम्रो टिम पाएकोमा दंग छिन । उपस्थित सेलेब्सले हरिहर र क्रिस्टिनले राम्रो काम गरेको भन्दै तारिफ गरे ।
वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् । यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
तस्वीरहरु : आर्यन बिमली