पुष्प र साम्राज्ञी भन्दैछन् ‘जाम्न माया जाम’ (भिडियो)

फिल्म । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा साम्राज्ञी र पुष्प विनास देखिएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको पहिलो गीत ‘जाम्न माया जाम’ लाई ‘मनमगन’ गायक दिपक बज्रचार्यले स्वर दिएका छन् ।

गीतमा संगीत पनि उनकै रहेको छ भने यसमा शब्द रिक्की शाक्यको रहेको छ । गीतले दर्शकको मन जित्नेमा दीपक विश्वस्त छन् । गीत मार्फत पुष्प र साम्राज्ञी पनि उत्तिकै आश्वादी छन् । उनीहरुलाई क्लबमा सय बढी कोरसले साथ दिएका छन् ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीतले दर्शकको उत्साह फिल्मप्रति अझै बढ्ने बताउँछिन् । यसअघि उनले ‘अझै पनि’ नामक फिल्म निर्माण गरेकी थिइन् । ‘मारुनी’ ले दर्शकको मुटु छुने निर्देशक नेपालको भनाई छ । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्म भदौ १३ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्