फागुनमै ‘म यस्तो गीत गाउँछु २’

फोटो : म यस्तो गीत गाउँछु २

फिल्मसार्वजनिक गीतसंगीतको कारण यतिबेला फिल्म ‘म यस्तो गीत गाउँछु २’ चर्चामा छ । यद्दपी यो फिल्मले रिलिज डेट फागुन २३ लाई तय गरिएको छ । यो डेटमा बलिउडको फिल्म ‘बागी ३’ प्रदर्शनमा आउंदै छ । यसको ट्रेलर नेपालमा समेत रुचाइएपछि यसलाई महँगो रकममा नेपाल भित्र्याउने तय भइसकेको छ । यसैले गर्दा सोहि डेटमा आउँदा मल्टिप्लेक्स भनिने हलले शो कति देला भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो ।

यसैले गर्दा पनि ‘म यस्तो गीत गाउँछु २’ ले रिलिज डेट हेरफेर गर्छ कि ? भन्ने जिज्ञाषा बढ्दो छ । तर यसका निर्देशक सुदर्शन थापाले घोषित मितीबाट आफु नहट्ने बताएका छन् । निर्माता समेत रहेका थापाले आफुले तोकिएको डेट नछाड्ने बताएका हुन् । राम्रो रिलिज डेटमा नेपालमा नेपाली फिल्मको हक बढी हुनेमा उनले जोड समेत दिए । दर्शकको मायाको अगाडी कसैको केहि नलाग्ने उनले बताए । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्मको पहिलो भागले दर्शकको मन जितिसकेको छ । यसैले गर्दा पनि सुदर्शन विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्