नेपाली फिल्मको कार्यकारी निर्माता बने अनुराग

फिल्म । विश्व प्रतिष्ठित फेस्टिभलहरुमा आफूलाई आब्बल सावित गरिरहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ को कार्यकारी निर्मातामा भारतीय प्रसिद्ध निर्देशक अनुराग कश्यप जोडिएका छन् । भेराइटीले सार्वजनिक गरेको खबर अनुसार च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ । ‘पूजा, सर’ यस वर्ष (२०२४)को सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा छनोट भएर प्रदर्शन भएको थियो । नेपाली फिल्ममा भारतीय निर्देशकले निर्माणमा सहकार्य गरेको यो पहिलोपटक हो ।

आशा मगरातीको शीर्ष भूमिका रहेको फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, पशुपति राई, पुष्पा यादव लगायतको पनि अभिनय छ । फिल्मको निर्माण आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्