सुरु भयो ‘छड्के २’

फिल्म । फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । शुक्रबार चितवनमा शुभमुहुर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । केहि दिन यता फिल्मको वर्कशप चितवनमा भईरहेको थियो । वर्कशप सकिए लगत्तै छायांकन सुरु गरिएको हो । फिल्ममा अनमोल केसी , रविन तामाङ , कमलमणी नेपाल लगायतको अभिनय रहनेछ ।

६० दिनको छायांकन सेड्युल निकालिएको फिल्म चितवन र मुस्ताङमा खिचिनेछ । कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको छायांकन सुरु गरिएको हो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने छ । यसमा मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गर्दैछन् । निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् ।

कमेन्ट गर्नुहोस्