दुखद खबर : रहिनन् सुभद्रा

फिल्म । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीय अधिकारी नेपाली फिल्म र थियटरको लागि परिचित नाम हुनुहुन्थ्यो । आज विहान ८ बजेतीर उहाको निधन भएको हो । गत असार २७ मा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७५’ मा उँहालाई चलचित्र विकाश बोर्डले ‘दीर्घ साधना सम्मान २०७३’ बाट सम्मान गरेको थियो । उँहाको पार्थिव शारिरलाई श्रद्धाञ्जलीको लागि १२ : ३० बजेसम्म निजी निवास डल्लुमै राखिनेछ भने १ बजे देखि ३ बजेसम्म पशुपति आर्यघाटमा ।

थुप्रै नेपाली फिल्ममा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा उनी लामो समयदेखी दमको रोगी थिइन् । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

फिल्म ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएकी रङ्गमञ्चकी कलाकार सुभद्राले चिनो, कन्यादान, भाउजु जस्ता दर्जनौं सफल मानिएका फिल्ममा अभिनय गर्नुभएको छ । बिक्रम संवत् २००७ साल देखि निरन्तर नाटक साथै ठूलो पर्दामा अभिनय गर्नुभएको उहाँको लामो अभिनय यात्रा टुङ्ग्यिएको छ । उँहालाई कलाकर्मीले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिईरहेका छन् । उँहा निधनको खबरले फिल्मनगरी नै दुखि भएको छ । जिवन्त अभिनय मार्फत दर्शकको मनमा बसेकी सुभद्रालाई हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली , तपाइको स्वर्गमा बास होस् ।

कमेन्ट गर्नुहोस्