अक्षयले एप्लाई गरे ‘भारतीय पार्सपोर्ट’

41 Shares

फिल्म । पछिल्लो समय भारतमा भएको लोकसभाको च्नुनावमा बलिउडका सेलेब्सले पनि मतदान दिए र दिन आग्रह गरेका थिए । मतदान गरेपछि सबैले सोसल मिडिया मार्फत यसको प्रमाण पनि दिएका थिए । तर , त्यसमा बलिउडका खिलाडी एक्टर अक्षय कुमार देखिएनन् । उनले सोसल मिडियामा भोट दिएको तस्वीर शेयर नगरेपछि गसिप हुन् सुरु भयो , कतै उनले भारतीय नागरिकता त त्याग गरेनन् ।

त्यसपछि उनले क्यानेडियन पासपोर्ट लिएको रहस्य सार्वजनिक भयो । त्यसपछि ट्विटर मार्फत उनको विरोध हुन् थाल्यो । किनकी उनले नेशनल अवार्ड त पाएका थिए नै साथै उनले पछिल्लो समय अभिनय गरेका अधिकांस फिल्म ‘देश प्रेम’ मा आधारित छ । एअरलिफ्ट होस् या गोल्ड उनि इन्डियाको पक्षमा खरो उत्रिएका छन् । साथै उनलाई दर्शकले पनि उत्तिकै साथ् दिएका छन् । यद्दपी उनि भारतीय हैनन् भन्ने थाहा पाएपछि चर्चा हुनु स्वाभाविक नै हो ।

यस विषयमा अक्षयले आफ्नो मत राखेका थिएनन् । तर , पछिल्लो समय उनले एक इभेन्टमा आफुले भारतीय पासपोर्ट एप्लाई गरेको र केहि दिनमा हात पर्ने बताए । ‘मैले भारतीय पासपोर्ट एप्लाई गरिसकेको छु र अबको केहि समयमा हात पर्नेछ’ उनले भने । उनले आफुसँग क्यानेडाको पासपोर्ट भएता पनि श्रीमती ट्विंकल खन्ना र छोराछोरीसँग भारतीय पासपोर्ट नै रहेको खुलाए ।

‘मैले एउटा बाध्यतामा परेर क्यानेडाको पासपोर्ट लिएको थिए तर म बाहेक मेरो परिवारका अन्य सदस्य भने भारतीय नै हुन्’ उनले भने । उनले आफ्नो करियर धर्मराएको बेला एक साथीको आग्रहमा क्यानेडाको पासपोर्ट लिएको बताए । ‘मेरो करियर सकिन्छ जस्तो लाग्यो र एउटा अभिभावकको दायित्वले मैले पासपोर्ट लिए’ उनले भने ,’तर मेरो १५ औ फिल्म चलेपछि मैले कहिले फर्केर हेर्नु परेन ।’ उनले छिटै नै आफु भारतीय हुने र प्रमाण सामाजिक सञ्जाल मार्फत पेश गर्ने बताएका छन् । उनि अभिनित ‘गुड न्युज’ यहि डिसेम्बरको अन्तिम साता प्रदर्शनमा आउंदैछ ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्