निशानको ‘मेरो आँखा’ सार्वजनिक (भिडियो)

संगीत । नेपाल आइडलको पहिलो सिजन मार्फत चर्चामा आएका निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो आँखा’ बोलको गीतमा निशानसँगै गरिमा केसीको स्वर रहेको छ भने यसलाई दिग्गज धरौली लेखेका हुन् भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतमा अभिषेक श्रेष्ठ र करिष्मा श्रेष्ठको अभिनय रहेको छ । गीतमा संकल्प भुजेलको छायाँकन रहेको छ भने यसलाई सुभम भुजेलले कोरियोग्राफ गरेका हुन् । यसलाई रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् भने यसमा शिशिर खातीको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्