गसिप । नेपालमा हिरोइनले बिहे गर्ने लहर नै चलेको छ। एकपछि अर्की हिरोइन सिंगलबाट मिंगल हुँदै छन्। अघिल्लो वर्ष ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा, रिस्मा गुरुङ आदिले विवाह गरेका थिए। नयाँ वर्षमा मरिष्का पोखरेलले खाता खोलेकी छिन्। लकडाउनकै बीच उनले अस्ट्रेलियामा बसोबास गरिरहेका युवकसँग इन्गेजमेन्ट (टीकाटाला) गरेको खबर छ।
घरबन्दीका कारण परिवारका सीमित सदस्यबीच उनले औँठी साटेको खबर छ। स्रोतका अनुसार मरिष्का ती युवकसँग विगत दुई वर्षदेखि अफेयरमा थिइन्। ‘के म तिम्रो होइन र’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी उनले दर्जन हाराहारी फिल्ममा अभिनय गरेकी छिन्। तर, कुनैमा पनि सफलताको स्वाद चाख्न पाएकी थिइनन्। बरु, कुलेन्द्र विश्वकर्माको लोकदोहोरी ‘सालको पात टपरी हुने’ले उनलाई दर्शकमाझ परिचित गराएको थियो। मरिष्का फिल्ममा त्यसै पनि संघर्ष गरिरहेकी थिइन्। यता संघर्ष गर्न छाडेर सेटल हुने निर्णय गरिन्। उनको निर्णयको हामी उच्च सम्मान गर्छाैं। (सम्पूर्ण साप्ताहिकबाट साभार)











