सुनिल , नम्रता , पल सबैलाई मन पर्यो ‘जात्रै जात्रा’

181 Shares

फिल्म । प्रदर्शनको एक महिना पार गरेपछि राजधानीमा फिल्म ‘जात्रै जात्रा’ युनिटले विशेष शो को आयोजना गरेको छ । ५१ औ दिनको तयारीमा रहेको फिल्मले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ भने स्वदेश तथा विदेशमा व्यपार पनि उस्तै छ ।

बुधबार प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ३४ औं दिनमा प्रदर्शन भइरहदा आयोजित शो मा सुनिल थापा , रेखा थापा, नम्रता श्रेष्ठ, सन्दिप क्षेत्री, पल शाह, वर्षा सिवाकोटी लगायतका कलाकारहरु पुगेका थिए । ‘जात्रै जात्रा’ हेरेपछि सबैले कलाकारको अभिनय, पटकथा, प्रस्तुती र निर्देशक भट्टराईको निर्देशकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे ।

पल र वर्षाले फिल्मको केही सिनमा भावुक भएको बताए । रेखाले फेसबुकमा ढिलो हेरिए पनि राम्रो फिल्म हेरेको लेखेकी छन् । शोमा विपिन कार्की, वर्षा राउत, निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, कलाकार रविन्द्र झा, कलाकार राजाराम पौडेल, बाल कलाकार अरविन खड्का पनि उपस्थित भएका थिए ।

पछिल्लो समय विदेशमा आयोजित शोमा सहभागी भएर फर्किएका टिम मध्यका एक निर्देशक भट्टराईले दर्शकको विश्वासले जिम्मेवारी झन्डै बढेको बताए । ‘फिल्म हेर्ने दर्शकको मुहारमा खुसि ल्याउन सक्नु नै हाम्रो सफलता हो’ निर्देशक भट्टराईले भने ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments