लोकसभा निर्वाचनको बारेमा बोले रजनिकांत

फिल्म । केहि समय अगाडी दक्षिण भारतीय फिल्म हुदै भारतीय फिल्म मार्फत लोकप्रिय बनेका अभिनेता प्रकास राजले चुनाव लड्ने घोषणा गरेका थिए । वान्टेड तथा सिंघम जस्ता फिल्म मार्फत उनलाई बलिउडका दर्शक माँझ परिचित प्रकासले चुनाव लड्ने चर्चा चलिरहदा साउथ इण्डियन फिल्मका सुपरस्टार रजनिकांतले भने चुनाव नलड्ने भएका छन् । उनले आइतवार आफुले आउदै गरेको लोकसभाको निर्वाचनमा भाग नलिने बताएका छन् । ‘म लोकसभा निर्वाचनमा उठेको छैन भने कसैलाई समर्थन पनि गरेको छैन’ रजनिकांतले भनेकाछन् ‘म तमिलनाडुको निर्वाचनमा भने भाग लिनसक्नेछु , जसको घोषणा छिटै गर्नेछु ।’

उनले आफ्नो प्रयोग पर्चा र पम्पलेटमा नगर्न समेत चुनावी प्रचारप्रसारमा रहेका पार्टीलाई आग्रह गरेका छन् । साथै , उनले लोकसभामा राम्रो स्थान पाउने पार्टीले तमिलनाडुमा पानीको समस्या समाधान सहितको योजना लिएर मात्र प्रचारप्रसारमा आउँन आग्रह गरेका छन् । ‘पार्टीहरु योजना र रिजल्ट लिएर आउनु पर्नेछ’ उनले भनेकाछन् ‘अब आश देखाएर भोट लिन कठिन छ , त्यसैले रिजल्ट लिएर आउनुस ।’ उनले स्थानियको समस्यालाई समाधान गर्नेलाई आफुले समर्थन गर्ने वा उक्त पार्टीबाट आफु निर्वाचनमा भाग लिने बताएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्