निर्देशक श्रेष्ठ टेलिभिजनको महाप्रबन्धक नियुक्त

देश । नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी निर्देशक सुचित्रा श्रेष्ठ ‘सेभेन स्टार फोर के’ टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन् । चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई आइतबार टेलिभिजनको कार्यालय शान्तिनगरमा अध्यक्ष सुरेश काफ्लेले नियुक्ति पत्र प्रदान गरेर महाप्रबन्धकको जिम्मेवारीमा दिएका हुन् ।

विसं २०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी निर्देशक श्रेष्ठले जिम्मेवारी समाल्दै आफूमा भएको सिप, क्षमता र अनुभवको भरपुर उपयोग गरी टेलिभिजनमा आफूलाई समर्पित गर्ने सोच लिएको बताएकी छिन् । उनले भनिन्, ‘आफूले पाएको र हालसम्म गरेको कामको अनुभवलाई यस टेलिभिजनमार्फत आम दर्शकहरूबिच प्रभावकारी र उत्पादनमूलक बनाई टेलिभिजनलाई अझै चम्काउने लक्ष्य छ ।’

कमेन्ट गर्नुहोस्