दर्शकलाई निराश बनाउने ‘कलंक’

फिल्म । महावीर जयन्तीको अवसर पारेर रिलिज भएको बलिउड फिल्म ‘कलंक’ लाई हेरिसकेपछी यसक रिभ्यु आउँन स्टार्ट भएको छ । सामाजिक सञ्जालसँगै भारतीय मिडियामा आएको रिभ्युलाई हेर्ने हो भने फिल्मले राम्रो समिक्षा बटुल्न सकेको छैन् । हेर्ने अधिकांसले यसलाई संजय दत्त र माधुरी दीक्षितको फ्यानको लागि मात्र भनिरहेका छन् । संजय र माधुरीको जोडी कुनै बेला निकै हिट थियो भने यी दुइ प्रेममा समेत थिए । यी दुइलाई पर्दामा नदेखेको नै दशक बढी भइसकेको छ । यसैले गर्दा पनि यी दुइलाई हेर्न फ्यान उत्साहित छन् ।

यो बाहेक अन्य केहि गज्जब नभएको प्रतिक्रियाहरु भारतीय मिडियामा छ भने फिल्ममा संजयको केमियो मात्र छ । बलिउडका चतुर निर्माता र निर्देशकको ट्याग पाएका करण जोहरले मल्टीस्टारलाई लिएर राम्रो फिल्म बनाउन नसकेको आरोप लागिरहेको छ । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्सले फिल्म हेरेपछि राम्रो नरहेको प्रतिक्रिया ट्विटर मार्फत दिईसकेका छन् । फिल्ममा संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सोनाक्षी सिन्हा, सिद्धार्थ रोय कपूर लगायतका कलाकार रहेका छन् भने यसमा अभिषेक वर्मनको लेखन तथा निर्देशनमा रहेको छ । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्