यसकारण किस गर्दैनन् सलमान

फिल्म । बलिउडका भाइजान सलमान खान ठुला स्टार हुन् । गत वर्ष रिलिज भएको फिल्म ‘रेस ३’ ले खासै कमाल देखाउन नसकेपनि बिजनेस झन्डै २ सय करोड नजिक पुगेको थियो । यिनै सलमान पछिल्लो समय फिल्म भारतमा व्यस्त छन् । पछिल्लो केहि वर्षयताको फिल्म हेर्ने हो भने उनले अनस्क्रिन किस गर्दैनन् । अर्थात् उनले अभिनय गरेको फिल्म र उनले निर्माण गरेको फिल्ममा किस सिन र इन्टीमेन्ट सिन नै हुदैनन् । आखिर किन सलमानले अनस्क्रिन किस गर्दैनन् त ? यो जिज्ञाषा उनका फ्यानलाई मात्र होइन बलिउड प्रेमी जो कोहीलाई पनि हुन्सक्छ । यहि जिज्ञाषा कमेडियन कपिल शर्माले पनि सलमान समक्ष राखेका थिए ।

उनि हालै सुरु भएको ‘द कपिल शर्मा शो’ मा आफ्नो बुवा सलिम खान र भाइहरु अरबाज खान तथा सोहेल खानसँग पाहुना बनेर पुगेका थिए । उक्त शो आउदो विकेन्डमा प्रशारण हुदैछ , जसको भिडियो क्लिप्स बनाएर सोनी टिभीले रिलिज गरेको छ । जहाँ कपिलकको जिज्ञाषामा सलमानले रियाक्ट गर्न नपाउदै उनका भाइ अरबाजले जबाफ दिन्छन । ‘यिनले अफसकिन नै यति धेरै किस गर्छन कि अनस्क्रिन गर्नु नै पर्दैन’ अरबाजले यस्तो जबाफ दिएपछि उपस्थित सबै हास्छन । पछिल्लो समय सलमानकै सहयोगमा कपिल टिभीमा ब्याक भएका हुन् ।

कमेन्ट गर्नुहोस्